महोत्तरी । गौशाला–फुल्काहा सडकखण्डमा साइकलबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार गौशाला नगरपालिका ६ स्थित भित्री सडकखण्डमा फुल्काहाबाट गौशालातर्फ आउँदै गर्दा साइकलबाट लडेर ती पुरुषको मृत्यु भएको हो ।
उनको परिचय खुल्न नसकेको उनले बताए । साइकलबाट लडेर घाइते भएका ती व्यक्तिलाई नगर अस्पताल गौशाला पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव नगर अस्पताल गौशालामै राखिएको प्रहरीले जनाएको छ ।




