रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मालपोत कार्यालय परिसरबाट सोमबार एक जना बिचौलिया पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटहरिया नगरपालिका ९ रौतहटका २४ वर्षीय रितेशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले विशेष सूचनाको आधारमा चन्द्रपुर नगरपालिका ४ मा रहेको मालपोत कार्यालयबाट यादवलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका यादवमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जनतालाई कुनै पनि बहानामा शास्ती दिने, अबैध तरिकाले रकम असुल्ने माथि कडाइ गरेसँगै रौतहट प्रहरीले बढी भिडभाड हुने कार्यालयमा निगरानी बढाएको छ । यसअघि सरकारी सेवा लिने सर्वसाधारणलाई दुःख दिने र अनावश्यक रकम असुल गर्ने पाँच जनालाई गौरबाट प्रहरीले पक्राउ गरेको थियो ।




