रौतहट । मङ्लबार भइरहेको एसईई परीक्षामा मर्यादा उलङ्घन गर्ने र गराउँदै गरेका एक शिक्षकसहित चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘ह्वाट्सएप ग्रुप’ मार्फत चिट चोराउँदै गरेको अवस्थामा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विष्णुप्रदिप बस्यालका अनुसार मा.वि. शीतलपुर गुजराका शिक्षक तेजनारायण चौधरी, मावि सिम्राभवानीपुुर नजिकबाट चन्द्रपुर नगरपालिका ६ का रञ्जित साह, गुजरा नगरपालिका ५, लक्ष्मीपुरका महम्मद हुसेन र समिर मन्सुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




