झापा । झापाको बाह्रदशी गाउँपालिका २ मा राउटरको प्लग जोड्ने क्रममा नाङ्गो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीया सुनिता बास्कीको करेन्ट लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार गएराति आफ्नै घरमा वाइफाइको लागि राउटरको प्लग जडान गर्ने क्रममा नाङ्गो तार छोएपछि बास्कीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






