जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी वर्षमा थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । संघ सरकारले २०८३ मा दिएको बिदाका अतिरिक्त प्रदेशभर थप ६ दिन बिदा दिने निर्णय गरिएको छ । मधेस प्रदेश सरकारले प्रदेश राजपत्रमा प्रकाशित गर्दैै आगामी वर्षमा थप बिदा दिने जनाएको हो ।
प्रदेशमा वैशाख २ गते बुधबार सिरुवा पावनीको अवसरमा, कार्तिक ३० गते सोमबार छठ पर्व अन्तर्गत उदाउँदै गरेको सूर्यलाई अर्घ दिइने दिन, मंसिर २८ गते सोमबार विवाह पञ्चमीको अवसरमा बिदा दिने निर्णय गरेको हो । यस बाहेक प्रदेश सरकारले आवश्यकता अनुसार थप ३ दिन बिदा घोषणा गर्ने प्रदेश राजपत्रमा उल्लेख छ ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित प्रदेश सचिव गणेश नायकका अनुसार नेपाल राजपत्रको खण्ड ७५, संख्या ६७, भाग ५ गत फागुन १८ गतेको राजपत्रमा प्रकाशित सूचना अनुसार वैशाख १ गतेदेखि चैत मसान्तसम्ममा एक वर्षभरि सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि निर्धारण गरिएको सार्वजनिक बिदाको अतिरिक्त थप ६ दिन बिदा स्वीकृत गर्ने निर्णय भएको छ ।




