बझाङ । बझाङको बित्थडचिर गाउँपालिका १ मा पानी जमेको खाल्डोमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । घटना शुक्रबार माथिल्लो बित्थड क्षेत्रमा भएको हो ।
प्रहरीका अनुसार शौचालय निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेका अवस्थामा उनीहरू मृत फेला परेका हुन् । मृत्यु हुनेमा स्थानीय गगन बोहराका ५ वर्षीय छोरा जेनिस र सन्तोष बोहराकी ६ वर्षीया छोरी प्रिन्सा रहेका छन् ।
दुवै जना छिमेकीको घर नजिकै रहेको उक्त खाल्डोमा डुबेको अवस्थामा दिउँसो करिब सवा २ बजे भेटिएको जनाइएको छ ।






