रौतहट । रौतहटको बौधीमाई नगरपालिका ७ स्थित बंकुल माँ इटा उद्योग नजिकै नहरको बाटोबाट कटुवा पेस्तोल १ थानसहित भारत पूर्वी चम्पारण मौवाह पंचायत टोल चरमा बस्ने २० वर्षीय सुर्य कुमार दासलाई बिहिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




