धनुषा । धनुषाको बटेश्वर गाउँपालिका ४ स्थित बाँसघारीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा सोही वडाका ६० वर्षीय जगतबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।
स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ ।
मृत्युको कारण खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिए । शव परीक्षणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको र घटना बारे थप अनुसन्धान भइरहेको उनले बताए ।




