पर्सा । वीरगंज महानगरपालिका १६ स्थित शंकराचार्य गेटबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । सोमबार बिहान पक्राउ पर्नेहरूमा भारत, बिहार राज्य बेतिया ३३ का ३५ वर्षीय सफि आलम, ३० वर्षीय मुकिम मिया, ३३ वर्षीय बिनय ठाकुर र २८ वर्षीय एकवाल मिया रहेका छन् ।
वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले वीरगंजबाट रक्सौलतर्फ पैदल जाँदै गरेका उनीहरूलाई शंका लागि जाँच गर्ने क्रममा ६ किलो १२ ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका चारै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




