धनगढी । कञ्चनपुरको पुर्नवासमा गएराति एक १८ वर्षीय किशोरको हत्या भएको छ । पुर्नवास नगरपालिका ५ भानुबस्ती बस्ने उज्जल सायरको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।
गएराति करिब १:३६ बजेको समयमा एक अज्ञात व्यक्तिले उज्जलको छातीमा हतियार प्रहार गरेका थिए । आक्रमणपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका अनुसार आक्रमण गर्ने व्यक्तिको अझै पहिचान हुन सकेको छैन र उनी फरार छन् । प्रहरीले अहिले आक्रमणकारीको खोजी गरिरहेको छ । घटना बारे थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।






