रूपन्देही । आफ्नै बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चन गाउँपालिका ४ बेलडाँडाका २४ वर्षीय सुनिल थारू रहेका छन् ।
प्रहरीका अनुसार सुनिलले कुटपिट गर्दा गम्भीर घाइते भएका उनका बुबा ५८ वर्षीय जङ्ग बहादुर थारूको कपिलवस्तुको पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटना बारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरी टोलीले सुनिललाई शुक्रबार दिउँसो पक्राउ गरेको जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






