सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा एक युवक पोखरीमा मृत अवस्थामा फेला परेका छन् । मलङ्गवा नगरपालिका ४ निवासी ३५ वर्षीय मोहबुब मिकरानी उर्फ ‘दिवाना’ शुक्रबार बिहान पन्दुबा पोखरीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
स्थानीयवासीले पोखरीभित्र युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त भएपछि पुगेको प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरी शव नियन्त्रणमा लिएको थियो । पछि मृतककी आमाले शवको सनाखत गरेकी थिइन् ।
मृतककी आमाले छोराको हत्या गरिएको हुन सक्ने आशंका व्यक्त गरेकी छन् । घटनालाई शंकास्पद रूपमा हेरिएको भन्दै प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।






