धनुषा । धनुषाधाम नगरपालिका ९ धारापानीबाट नियन्त्रित लागूऔषध नाइट्राजेपामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २० वर्षीय रोहित कुमार मण्डल र गणेशमान चारनाथ नगरपालिका १ का २२ वर्षीय मुकेश साह रहेका छन् ।
इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरी टोलीले रोहितको घरमा तलासी गर्ने क्रममा १ सय ट्याब्लेट नाइट्राजेपाम फेला पारेपछि दुवैलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




