सर्लाही । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको बागमती नगरपालिका २ धरहरा चौकस्थित नयाँ रोड–बरहथवा सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको हो ।
सोमबार साँझ करिब ५:४५ बजे नयाँ रोडबाट बरहथवातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बिआर ३३ बिएफ ७८२१ नम्बरको मोटरसाइकलले पैदल यात्री बागमती नगरपालिका २ धरहरा टोल निवासी अन्दाजी ७५ वर्षीय हरि बहादुर अधिकारीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि वीरगन्ज पठाइएको थियो । पछि उनलाई एल.एस. न्युरो अस्पताल बारा लगिएकोमा चिकित्सकले साँझ ७:२५ बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि मोटरसाइकल प्रहरी चौकी ढुङ्ग्रेखोलाको नियन्त्रणमा रहेको छ भने चालक गोडैता नगरपालिका २ निवासी अन्दाजी २० वर्षीय शिवम कुशवाहालाई इलाका प्रहरी कार्यालय हरि वनले नियन्त्रणमा लिएको जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।






