धनुषा । धनुषामा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् । मिथिला नगरपालिका ७ केमलीपुरक ४८ वर्षीय किर्तिमान विक घाइते भएका हुन् । आज बिहान खेतमा लगाइएको तारजालीको बारमा चितुवा फसेको थियो ।
विक त्यही हेर्न गएको बेला चितुवाले उनीमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । घाइते विकको ढल्केबरस्थित एक निजी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।




