कञ्चनपुर । कञ्चनपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । शुक्लाफाटा नगरपालिका ८ स्थित भित्रि सडक खण्डमा म २ प ५०५५ नम्बरको मोटरसाइकल र से ६ प ५९१३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएका हुन् ।
दुर्घटनामा से ६ प ५९१३ नम्बरको मोटरसाइकल चालक शुक्लाफाटा नगरपालिका ८ पारीफाटाका ४५ वर्षीय मिन बहादुर जागरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो । उपचारको क्रममा बुधबार बेलुका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सोही मोटरसाइकल पछाडी सवार सोही ठाउँका ५५ वर्षीय मंगल महरा र म २ प ५०५५ नम्बरको मोटरसाइकल चालक शुक्लाफाटा नगरपालिका ८ पारीफाटाका ४२ वर्षीय कम्मान सिह ठगुन्ना घाइते भएका छन् । उनीहरूको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






