बारा । बाराको निजगढ नगरपालिका ११ रतनपुरबाट प्रहरीले ५ किलो ४ सय १० ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका १८ निवासी २० वर्षीय धर्मराज राम रहेका छन् । उनलाई बुधबार बेलुकी अस्थायी प्रहरी पोस्ट रतनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार डम्बरपुरबाट तामागढीतर्फ आउँदै गरेको प्र २–०३–०१६ प ३९६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा रामको साथबाट गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको थियो । त्यसपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




