काठमाडौं । कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले चलाएको सरकारी गाडी शनिबार राति धनगढी–अत्तरिया ६ लेन सडकखण्डको गेटा क्षेत्रमा दुर्घटना भएको छ ।
सुप प्र ०१००१ झ ६०१ नम्बरको गाडी दुर्घटनामा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । दुर्घटनामा गाडीमा क्षति पुगेपनि मानवीय क्षति नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटनाग्रस्त गाडी प्रहरी चौकी कैलाली गाउँमा राखिएको छ भने मेयर भट्ट सामान्य अवस्थामै आफन्तसँग घर फर्किएका छन् ।






