महोत्तरी । महोत्तरीमा इँटा उद्योगका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा दुई वर्षीय बालक रहेका छन् ।
सिन्धुली जिल्लाको मरिण गाउँपालिका ८ पाचतल्ले निवासी दिलबहादुर रानामगरका दुई वर्षीय छोरा हिराबहादुर रानामगर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
औरही नगरपालिका २ स्थित हरि नारायण यादवको न्यू बाबा फिक्स इँटा उद्योगको चिम्नी निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा खेल्ने क्रममा बालकको डुबेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएका प्रहरी टोलीले घटना स्थलको मुचुल्का उठाइ शव परिक्षणको लागि प्रादेशिक अस्पताल जलेश्वर पठाउने तयारी गरिएको महोत्तरी प्रहरीका प्रवक्ता शैलेन्द्र भट्टले जानकारी दिए । साथै घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




