धनुषा । धनुषाको जनकनन्दिनी गाउँपालिका ३ महुवा क्षेत्रमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३९ वर्षीय अजिम राईनसहित अन्य ६ जना रहेका छन् ।
आइतबार राति बिन्दे मण्डलको घर पछाडि बारीमा जुवातास खेलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट नगद ९४ हजार १९ रुपैयाँ र ३ बुक तास बरामद गरिएको छ । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय खजुरीमा राखिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




