महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका १४ क्षेत्रबाट प्रहरीले नियन्त्रित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिबास नगरपालिका १४ बस्ने २५ वर्षीय सन्दिप लामासहित दुई जना रहेका छन् ।
इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले बा ८७ प ६९८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागेर जाँच गर्ने क्रममा नाइट्राजेपाम ४७ ट्याब्लेट र स्पास्मो ११ ट्याब्लेट बरामद गरेको जनाएको छ ।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।






