काठमाडौं । भीमफेदी-कुलेखानी-काठमाडौं सडक अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरीखेतमा गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०३-००१ ज १३७१ नम्बरको गाडी अनियन्त्रित भएर दुर्घटना बुधबार हुँदा गाडी चालकसहित आठ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
दुर्घटनामा गाडी चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका १‚ लालझाडीका ३१ वर्षीय पूर्णबहादुर रुम्बा, तनहुँको बन्दीपुर नगरपालिका ९ का ३८ वर्षीय मनोज गुरुङ, उनकी पत्नी २८ वर्षीया उषा गुरुङ रहेकी छिन् ।
यस्तै धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका ४ का ४१ वर्षीय विकास झा, भारतको बिहार राज्यस्थित सीतामढीका ३४ वर्षीय सोनु रौनियार र उनकी २७ वर्षीया पत्नी संगीता रौनियार घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।






