रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै विभिन्न मुद्दामा फरार रहेका १३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले विशेष अभियानअन्तर्गत खटाएको टोलीले अदालतबाट फैसला भइसकेपछि फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरी रौतहट जिल्ला अदालत गौरमा बुझाएको जनाएको छ ।
पक्राउ परेकामध्ये चेक अनादर, लुटपाट, चोरी, गाली–बेइज्जती तथा कुटपिटसम्बन्धी मुद्दाका अभियुक्तहरू रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढईका अनुसार पक्राउ परेकाबाट १६ हजार ८ सय रुपैयाँ जरिवाना समेत असुल गरिएको छ ।
त्यस्तै, आर्थिक उपार्जनसम्बन्धी कसुरमा फरार रहेका एक प्रतिवादीलाई ३ महिनाको कैद सजाय कार्यान्वयनका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले फरार अपराधी नियन्त्रण तथा फैसला कार्यान्वयन अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने बताएको छ ।




