रौतहट । रौतहटस्थित सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वाको गस्ती टोलीले ठूलो परिमाणमा अवैध भारतीय धानको बीउसहित ४ थान मोटरसाइकल बरामद गरेको छ ।
आइतबार राति करिब साढे १० बजे परोहा नगरपालिका ७ नरकटिया स्थित सोना इट्टा उद्योग पछाडिको खेत क्षेत्रमा अवैध रूपमा भन्सार छलि लुकाइछिपाइ राखिएको धानको बीउ बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटबाट खटिएको टोलीले उक्त सामाग्री बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरी अधिकारीले बताएका छन् ।
एसपी अधिकारीका अनुसार ४ वटा मोटरसाइकलमा लोड गरिएको तथा खेतमा थुपारेर राखिएको कुल ५२ बोरा (१७४५ केजी) धानको बीउ फेला परेको थियो ।
बरामद गरिएको धानको बीउ र मोटरसाइकलको कुल मूल्य ९ लाख ३ हजार ५ सय कायम गरी आवश्यक कारवाहीका लागि आज सोमबार गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।




