रौतहट । गएराति घर भत्किँदा वृन्दावन नगरपालिका ७ सखुअवा धमौरागढी टोलमा एक महिलाको मृत्यु भएको छ । आफ्नै घरमा रहेका बेला हावाहुरीका कारण घरको खावा ढल्दा स्थानीय ३५ वर्षीय फुलकुमारी यादव घाइते भएकी हुन् ।
उनलाई उपचारका लागि गरुडास्थित बेटर अस्पताल पुर्याइएको भएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक यादवको घर काठ र बासबाट बनाइएको थियो । मृतकको शव पोस्टमार्टमपछि परिवारलाई दाहसंस्कारका लागि बुझाइने इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।




