सप्तरी । सप्तरी प्रहरीले राजविराज नगरपालिकाबाट लागुऔषध गाँजा सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट प्रहरीले करिब ४६ ग्राम गाँजा बरामद गरेको छ । प्रहरीले गोप्य सूचनाका आधारमा राजविराज नगरपालिका ११ का ४८ वर्षीय श्याम नारायण यादवको घरबाट गाँजासहित पाँच जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा श्याम नारायण यादव, राजविराज नगरपालिका १ राजदेवी टोलका २४ वर्षीय निरज रजक, राजविराज नगरपालिका ७ का ११ वर्षीय ललित कुमार दास र राजविराज नगरपालिका १ डुमरी टोलका ४५ वषर्यी हरेराम यादव रहेको सप्तरीका प्रहरी प्रवक्ता डम्बरबहादुर पुरीले जानकारी दिए ।
पक्राउ परेकाहरूको साथबाट ४५ ग्राम ९७० मिलिग्राम गाजा बरामद भएको छ । चारै जनाविरुद्ध लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरि सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको उनले बताए ।




