धनुषा । बिदेह नगरपालिका १ मैनाथपुरबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित एक किशोर पक्राउ परेका छन् । मंगलबार साँझ प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सोही नगरपालिका ७ बस्ने १८ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको हो ।
पक्राउका क्रममा उनको साथबाट करिब ६ सय मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लागूऔषधसहित पक्राउ परेका किशोरलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।




