रौतहट । रौतहटको बौधीमाई नगरपालिका ५ कोपवाको बरफ फ्याक्ट्रीमा तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कोपवाका धर्मलाल जयसवालका ३५ वर्षीय छोरा मनोहरलाल जयसवालको बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।
जयसवालको आफ्नै बरफ फ्याक्ट्रीमा तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए ।
करेन्ट लागेर गम्भीर घाइते भएका जयसवाललाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा ल्याएको भएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गौतमले बताए ।
जयसवालको शव परीक्षणका लागि गौरस्थित प्रदेशिक अस्पतालमा राखिएको समेत उनले जानकारी दिए ।




