रौतहट । गौर नगरपालिका २ कबरगाहबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ५५ ग्रामसहित दुई जना पक्राउ परेका छन् । शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा गौर नगरपालिका ४ गढवा टोल बस्ने ३१ वर्षीय राकेश कुश्वाहा र २६ वर्षीय सुनिल कुमार बैठा रहेका छन् । प्रहरीका अनुसार बिआर ०५ एस ६६०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजासहित फेला पारिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




