प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिका २ बाङ्गेसल्लास्थित सडकमा भएको सवारी दुर्घटनामा परी स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको निधन भएको छ ।
प्रहरीका अनुसार स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेका उपमेयर राना मगरले चलाएको लु प्र ०१–००१ झ ०००८ नम्बरको गाडी अनियन्त्रित भई करिब ५०० मिटर तल खसेपछि दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका राना मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।






