सिराहा । सिराहाको मिर्चैया नगरपालिका ५ स्थित थानचोकबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही स्थानका २० वर्षीय राहुल कुमार साह रहेका छन् । उनलाई बुधबार दिउँसो २ ग्राम ४० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा जाँच गर्ने क्रममा साहलाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




