पर्सा । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका २ सोनबर्सा क्षेत्रबाट प्रहरीले १०२ केजी ६३८ ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी गस्ती टोलीले भारततर्फ जाँदै गरेको BR01CU3544 नम्बरको सेतो स्पोर्ट्स कारलाई जाँच गर्ने क्रममा कारभित्र लुकाइराखिएको १० पोका गाँजा बरामद गरेको हो ।
बरामद गाँजाको कुल तौल १०२ केजी ६३८ ग्राम रहेको प्रहरीले जनाएको छ । घटनामा कार चालक भारतको बेतिया, नवलपुर निवासी अन्दाजी ३२ वर्षीय गुडु बर्मालाई गाँजा र उक्त सवारी साधनसहित नियन्त्रणमा लिइएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति, बरामद गरिएको गाँजा तथा कारलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ ।




