रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित एक होटलमा भएको जबरजस्ती करणी घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । यही असार २१ गते भएको उक्त घटनाबारे पीडितको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनीहरूमध्ये चार जना भारतीय नागरिक हुन् भने एक जना नेपाली रहेका छन् ।
पक्राउ पर्नेहरूमा रौतहटको गौर नगरपालिका २ बस्ने २५ वर्षीय सन्तोष राउत, भारतको मजफरपुर जिल्ला कल्याणी पंचायत २४ बस्ने ३३ वर्षीय मो. ताजुदिन, मजफरपुर जिल्ला मैरोवन पंचायत २ बस्ने ३७ वर्षीय जितेन्द्र कुमार, मजफरपुर जिल्ला बकटपुर पंचायत १ बस्ने ३८ वर्षीय हसनैन आलम तथा मजफरपुर जिल्ला क्रममा पंचायत ४ बस्ने ३४ वर्षीय आलोक कुमार रहेका छन् । घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






