वीरगंज । पर्साका विभिन्न स्थानबाट प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ८० मिलिग्राम सहित पकहा मैनपुर गाउँपालिका १ बस्ने २० वर्षीय अंकित यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी वीरगंज महानगरपालिका २४ रामगढवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ९६ मिलिग्राम, नगद १ लाख ७ हजार ८ सय ५ नेपाली रूपैयाँ, ११ हजार ८ सय भारतीय रूपैयाँ र तराजु १ थान सहित सोही ठाउँ डेरा गरी बस्ने पर्सा पोखरिया नगरपालिका १ घर भएका २१ वर्षीय राहुल बैठा समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट रानीघाटबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ८० मिलिग्राम सहित भारत कपसडंगा मोरसिदाबाद वेस्ट बंगाल घर भएका २४ वर्षीय सैफुल सेखलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






