महोत्तरी । बर्दिबास नगरपालिका १ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम र गाँजा १ सय ५५ ग्रामसहित धनकुटा घर भएका २६ वर्षीय अजय राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०१२७ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






