धनुषा । विदेह नगरपालिका १ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित औरही गाउँपालिका ८ बस्ने २२ वर्षीय बिकि मण्डललाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




