सिरहा । सिरहा नगरपालिका ७ मा प्रहरीले कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतका अन्दाजी २६ वर्षीय रोशन कुमार यादव रहेका छन् ।
प्रहरीका अनुसार नियमित सुरक्षा जाँचका क्रममा भारतीय नम्बर प्लेट BR 32 AZ 5216 भएको मोटरसाइकलमा लुकाइछिपाइ राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरिएको हो ।
हातहतियार, गोली र मोटरसाइकलसहित पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।




