पर्सा । बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १४ निवासी २७ वर्षीय सुरेन्द्र पटेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बैंकिङ कसुर मुद्दामा उनलाई ३ दिन कैद र ४ लाख रुपैयाँ जरिवाना हुने फैसला भएको थियो । त्यसपछि उनी फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान वीरगञ्ज महानगरपालिका १२ श्रीपुर क्षेत्रबाट उनलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका पटेललाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामा पेश गरिएको जनाएको छ ।




