सर्लाही । लालबन्दी नगरपालिका १ बागवानीबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५ सय ९० ट्याब्लेटसहित रामनगर गाउँपालिकाअ५ बस्ने १६ वर्षीय किशोर समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




