बारा । जीतपुर सिमरा उपमहानगरपालिका ७ सिधरी टोलबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ७ सय ५४ ग्रामसहित सोही उपमहानगरपालिका ७ बस्ने ३७ वर्षीय दिवेन्द्र बैठालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




