महोत्तरी । बर्दिबास नगरपालिका ३ बाट अवैध लागूऔषध गाँजा करिब ४ सय ५४ किलोग्रामसहित ललितपुर गोदावरी नगरपालिका ३ घर भएका २६ वर्षीय विश्व तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले सिन्धुली भिमानबाट महोत्तरीतर्फ जाँदै गरेको बा.४ ख ५६९२ नम्बरको मिनि ट्रकलाई जाँच गर्दा ट्रकको छतमा फल्स बटम बनाई लुकाई छिपाई राखेको ६० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक विश्वलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




