पर्सा । वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ९० मिलिग्राम सहित बारा कलैया उपमहानगरपालिका १२ शितलपुर बस्ने २२ वर्षीय आकाश साह कानुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी इनर्वा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




