बारा । बारामा प्रहरीले १०८ ग्राम अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको सिम्रौनगढ नगरपालिका २ अमृतगञ्ज खजानीबाट पचरौता नगरपालिका ४ गुलरिया टोल निवासी ५५ वर्षीय शिवनाथ रायलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी अमृतगञ्ज खजानिबाट खटिएको प्रहरी टोलीले विशेष निगरानीका क्रममा रायको साथबाट १०८ ग्राम गाँजा बरामद गरेपछि उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका रायमाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






