मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज सहकर्मी र साझेदारको सहयोगबाट महत्वपूर्ण काममा सफलता मिल्नेछ । सामाजिक गतिविधिमा सक्रिय रहँदा मान सम्मान बढ्ने सम्भावना छ । पारिवारिक जिम्मेवारी बढे पनि दाजुभाइ तथा आफन्तको साथले काम सहज हुनेछ । अध्ययनमा रुचि बढ्नेछ भने मेहनतअनुसारको प्रतिफल प्राप्त हुने योग छ । स्वास्थ्य सामान्य रहनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नयाँ अवसर प्राप्त हुने सम्भावना रहेको दिन छ । प्रभावकारी प्रस्तुति र वाणीका कारण कार्यक्षेत्रमा प्रशंसा मिल्नेछ । आर्थिक लाभका साथै रोकिएका काम अघि बढ्नेछन् । व्यक्तिगत चाहना पूरा गर्न खर्च बढ्न सक्छ । परिवार र जीवन साथीको साथले आत्मविश्वास बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
निर्णय गर्दा हतार नगर्नु राम्रो हुनेछ । कार्य क्षेत्रमा नयाँ योजना लागू गर्दा सकारात्मक परिणाम मिल्ने सम्भावना छ । पारिवारिक वातावरण सुखद रहनेछ । प्रेम सम्बन्धमा खुलेर संवाद गर्न सके सम्बन्ध थप बलियो बन्नेछ । आर्थिक पक्ष सामान्य रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज स्वास्थ्य र खर्चतर्फ विशेष ध्यान दिनुपर्ने देखिन्छ । अनावश्यक चिन्ता वा भ्रममा नपरी आफ्नो लक्ष्यमा केन्द्रित हुनु राम्रो हुनेछ । आर्थिक कारोबार सोच विचार गरेर गर्नुहोस् । परिवारका सदस्यसँग समय बिताउँदा मानसिक शान्ति मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य क्षेत्रमा प्रतिस्पर्धीमाथि अग्रता हासिल गर्न सकिने दिन छ । व्यापार तथा व्यवसायमा लाभदायी अवसर प्राप्त हुन सक्छ । प्रभावशाली व्यक्तिसँग भेटघाट हुनेछ । सहकार्यमा काम गर्दा जिम्मेवारी स्पष्ट रूपमा बाँडफाँट गर्नु उपयुक्त हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बौद्धिक तथा सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ । शिक्षण, लेखन, परामर्श, सूचना प्रविधि तथा सञ्चार क्षेत्रमा आबद्ध व्यक्तिका लागि दिन लाभदायी रहनेछ । व्यस्तता बढे पनि मेहनतको उचित मूल्यांकन हुनेछ । आर्थिक पक्ष सन्तोषजनक रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
भाग्यले साथ दिने दिन छ । कार्य क्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ । आफन्त र सहकर्मीको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न हुनेछ । धार्मिक तथा सामाजिक कार्यमा सहभागिता जनाउँदा मनमा सन्तुष्टि मिल्नेछ । प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा केही चुनौती देखिए पनि धैर्यका साथ अघि बढ्दा सफलता प्राप्त हुनेछ । स्वास्थ्यप्रति लापरवाही नगर्नु राम्रो हुनेछ । अनावश्यक विवादबाट टाढा रहनु उपयुक्त हुनेछ । अध्ययन र करियरमा निरन्तर प्रयासले सकारात्मक परिणाम दिनेछ ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
आज सिर्जनात्मक क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ । कला, मनोरञ्जन तथा सञ्चार क्षेत्रमा आबद्ध व्यक्तिले राम्रो उपलब्धि हासिल गर्न सक्छन् । प्रेम सम्बन्धमा खुसी र आत्मीयता बढ्नेछ । नयाँ योजना सुरु गर्न समय अनुकूल देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्य क्षेत्रमा सावधानी अपनाउनु आवश्यक देखिन्छ । सानो गल्तीले पनि आलोचना खेप्नुपर्ने अवस्था आउन सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ, त्यसैले आराम र खानपानमा ध्यान दिनुहोस् । परिवारको सहयोगले आत्मबल बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ ज्ञान हासिल गर्ने र सीप विकास गर्ने अवसर प्राप्त हुनेछ । विद्यार्थी तथा अनुसन्धानमा संलग्न व्यक्तिका लागि दिन फलदायी रहनेछ । परिवारका सदस्यसँग आर्थिक विषयमा छलफल हुन सक्छ । प्रेम सम्बन्धमा एकअर्काको भावना बुझ्ने प्रयास गर्नु लाभदायी हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
घर परिवारसँग सम्बन्धित काममा व्यस्तता बढ्नेछ । अनुभवी व्यक्तिको सुझावले महत्त्वपूर्ण निर्णय लिन सहज हुनेछ । रोकिएका काम क्रमश: अघि बढ्नेछन् । वैदेशिक यात्रा वा नयाँ योजनाका लागि गरिएको प्रयास सकारात्मक दिशातर्फ अघि बढ्ने सम्भावना छ । आर्थिक पक्ष पनि क्रमश: सुधार हुँदै जाने संकेत देखिन्छ ।






