धनुषा । गणेशमान चारनाथ नगरपालिका १ गोलघरबाट अवैध लागूऔषध गाँजा करिब २५ ग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम २० ट्याब्लेटसहित जनकपुरधाम उपमहानगरपालिका १९ बस्ने २१ वर्षीय संजय मण्डललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भरतपुरबाट खटिएको प्रहरीले स ८ प ४७८२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




