वीरगंज । वीरगंजमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर १३ राधेमाईका अन्दाजी २८ वर्षीय निखिल सिंह रहेका छन् । पीडित बालिकाका अभिभावकका अनुसार, पीडित बालिका सिंहकै घरमा काम गर्दै आएकी थिइन् ।
गत साउन ९ गते घरमा अन्य कोही नभएको समयमा सिंहले बालिकामाथि जबरजस्ती करणी (बलात्कार) गरेको आरोप लगाइएको छ । तर प्रहरीले भने सिंहलाई बलात्कार घटनामा नभई बालबालिकाविरुद्ध सम्बन्धि कसुरमा प्रहरीले साउन ९ गते नियन्त्रणमा लिएको बताएको छ ।
सिंहकै घरमा काम गर्दै आएकी ती बालिकाका अभिभावकले साउन ९ गते जाहेरी दिएको र जाहेरी परेकै दिन सिंहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए ।
उनले भने अनुसन्धानका लागि नियन्त्रणमा लिइएका सिंहलाई प्रहरी हिरासतमा राखिएको छ । उनिविरुद्ध बालबालिकाविरुद्ध सम्बन्धि कसुरमा मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको छ ।




