सिराहा । सिराहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिकामा प्रहरीले अवैध लागूऔषध गाँजा बरामद गरेको छ । गएराति नियमित गस्तीमा रहेको प्रहरी टोलीले ५३ किलो ४६५ ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार राति करिब ११:५० बजेको समयमा सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. ४ सिमरास्थित बलान खोलामा इलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको गस्ती टोलीले उक्त पदार्थ फेला पारेको हो ।
प्रहरी टोलीलाई देख्नासाथ ४ जना व्यक्तिहरूले टाउकोमा बोकी ल्याइरहेका ४ वटा प्लास्टिकका बोराहरू फालेर फरार भएका थिए । तस्करहरू फरार भएपछि प्रहरीले ती बोराहरू नियन्त्रणमा लिएर जाँच गर्दा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ फेला परेको थियो । कार्यालयमा ल्याई तौल गर्दा उक्त पदार्थ ५३ किलो ४६५ ग्राम रहेको पाइएको छ ।






