बारा । बाराको महागढीमाई नगरपालिका १० गोवास टोलबाट प्रहरीले करिब २५ ग्राम अवैध लागूऔषध गाँजासहित एक किशोरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका १७ वर्षीय किशोर रहेका छन् । उनलाई बिहिबार राति प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको टोलीले गाँजासहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार शंकास्पद अवस्थामा फेला परेपछि जाँच गर्ने क्रममा उनको साथबाट करिब २५ ग्राम गाँजा बरामद भएको थियो । पक्राउ परेका किशोरमाथि घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






