मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर सावधान रहनुपर्ने देखिएको छ । नयाँ कार्य प्रारम्भ गर्नमा उपयुक्त समयको प्रतिक्षा गर्नुहोला । साताको मध्यमा आँटेको कार्यमा सफलता पाइनेछ । आयका नयाँ स्रोतहरू बन्नेछन् । साताको अन्तिममा व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ । परिवारसँग रमाइलो समय बित्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिएला । दाम्पत्य जीवन सुमधुर रहनेछ । साताको मध्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला । धर्म कर्मप्रति आस्था बढ्नेछ । साताको अन्तिममा भाग्यको साथ मिल्नाले अप्ठ्यारा कार्यहरु पनि सजिलै सम्पादन गर्न सकिएला । नोकरी वा पेशामा शुभचिन्तकहरूको साथ मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । वित्तीय र सहकारी संस्थाबाट लाभ मिल्ला । साताको मध्यमा रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस् । दाम्पत्य जीवन सुमधुर रहनेछ । साताको अन्तिममा कानुन विपरीत कार्य नगर्नुहोला । सामाजिक संघ संस्थामा बोल्दा शब्द चयनमा ध्यान राख्नुहोस् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा मेहनतको परिणामले आत्मविश्वासमा वृद्धि हुनेछ । कार्य क्षेत्रमा परिवर्तनले नयाँ अनुभव प्राप्त हुनेछ । उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू हात लाग्नेछन् । साताको मध्यमा कार्य क्षेत्रमा योग्यताको उचित मूल्यांकन हुनेछ । साहसिक कार्य गर्ने समय रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भ समाजमा तारिफ योग्य कार्यसम्पादन गर्न सकिनेछ । परिश्रमले सजिलै लक्ष्यमा पुर्याउनेछ । साताको मध्यमा विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । सहयोगीहरूको साथ मिल्नाले कार्यप्रति उत्साह जाग्नेछ । साताको अन्त्यमा मन अस्थिर रहनेछ । कार्य क्षेत्रमा कार्यलाई टाल्नुभन्दा गर्नमा मेहनत गर्नुहोला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा धैर्य र पराक्रमले सोचेका कार्यसम्पादन हुनेछन् । पायक स्थानमा यात्राका योग छन् । साताको मध्यमा व्यापार व्यवसायमा जीवन साथीबाट सहयोग मिल्नेछ । साताको अन्तिममा युवाहरूलाई करियरलाई लिएर चिन्ता रहनेछ । कार्य क्षेत्रमा नयाँ अनुबन्धले लाभको स्थिति बनिरहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा कार्य क्षेत्रमा कार्यकुशलताले अधिकारी वर्गहरु प्रभावित रहनेछन् । घरपरिवारसँग भ्रमणका योग रहेका छन् । अध्यापनको क्षेत्रबाट सम्मान पाइनेछ । साताको मध्यमा नयाँ व्यापार प्रारम्भ गर्नुभन्दा अघि माता पिता वा जानकारको सल्लाह अवश्य लिनुहोस् । साताको अन्तिममा व्यापार व्यवसायमा सहयोगीहरूको सहयोगले गर्दा रोकिएका काम प्रारम्भ हुनेछन् । व्यापार क्षेत्रमा पारदर्शिता राख्नुहोस् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा धनलाभका नयाँ अवसरहरू जुट्नेछन् । सुख सुविधामा वृद्धि हुनेछ । गृहणीहरूको घरायसी कामकाजमा समय बित्नेछ । साताको मध्यमा अगाडिका गल्तीहरूबाट पाठ सिकेर अगाडि बढ्नुहोस् । आफन्तहरूबाट टाढा हुनाले मन खिन्न रहनेछ । साताको अन्तिमा जग्गा जमिनबाट लाभ मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा वैदेशिक रोजगारबाट लाभ मिल्नेछ । रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोला । साताको मध्यमा कार्यक्षेत्रमा पुरानो गरिएको कार्यको प्रशंसा हुनेछ । उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ । साताको अन्त्यमा विद्यार्थीहरूलाई कला वा संगीतको क्षेत्रमा विशेष सफलता मिल्नेछ । नयाँ नोकरीको मार्ग प्रशस्त हुनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
साताको प्रारम्भमा आँटेको कार्यसम्पादन गर्नमा सफल भइएला । शुभचिन्तकहरूको साथ र सहयोग जुट्नेछ । साताको मध्यमा फिजुलखर्चबाट बच्नुहोस् । आर्थिक पक्ष सामान्य रहनेछ । पारिवारिक सम्बन्धले नयाँ समस्याहरू निम्त्याउन सक्ला । साताको अन्त्यमा नयाँ कार्यको थालनिको लागि उपयुक्त समय रहेको छ । प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा सामूहिक कार्यक्रममा व्यक्तिहरूसँगको भेटघाटले मन आनन्दित रहनेछ । व्यापार व्यवसायमा लाभ रहनेछ । साताको मध्यमा पारिवारिक समस्यालाई प्राथमिकता दिनुहोस् । नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला । साताको अन्त्यमा अरूको कुरामा नलाग्नुहोस् । महत्वहीन कार्यमा समय खर्च हुन सक्छ, सचेत रहनुहोस् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा धर्मकर्मप्रति मन जानेछ । शिक्षाको क्षेत्रमा पुरस्कृत भइएला । साताको मध्यमा अप्ठ्यारा परिस्थितिहरूलाई सहज बनाउन सकिनेछ । बुद्धिको उपयोगले कार्यसम्पादन गर्न सकिनेछ । साताको अन्तिममा आयआर्जनका नयाँ स्रोतहरू खुल्नेछन् । विद्यार्थीहरूलाई पठनपाठनमा गुरुजनहरूको सहयोग मिल्नेछ ।






