धनुषा । धनुषामा प्रहरीले १ ग्राम ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ९ बस्ने २८ वर्षीय समिर कुमार साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान जनकपुरधाम उपमहानगरपालिका ९ बाट साहलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बरामद पदार्थ ब्राउनसुगरजस्तो देखिने रहेको छ । साहलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






